खाेज्नुहाेस

धनगढीको त्रिभुवन माविबाट ४ जिपिए ल्याएका अशोकले रोजे सीसीएस

Image

धनगढी – एसइईमा ४ जिपिए ल्याएका अशोक कुमार अवस्थीले कक्षा ११ का लागि (Crescent City Secondary School ccs+2) सीसीएस प्लस २ लाई रोजेका छन् ।

कैलालीको धनगढीमा रहेको त्रिभुवन माध्यमिक विद्यालयबाट ४ जिपिए ल्याएका अशोकले धनगढीमै रहेको सीसीएसलाई रोजेका हुन । उनी आइतबार अभिभावक सहित सीसीएसमा पुगेर कक्षा ११ मा विज्ञान संकायमा भर्ना गराएका छन् । उनलाई पूर्ण छात्रवृत्तिमा भर्ना गराएको सीसीएसले जनाएको छ ।

add everest academy
attariya hospital
navjiwan hospital

यस्तै एसइईमा ३.६१ जिपिए ल्याएकी अशोककी बहिनीले पनि सीसीएस कक्षा ११ मा विज्ञान संकायमा भर्ना गराएकी छिन । उत्कृष्ट नतिजा ल्याएका छोराछोरीको धनगढीकै ख्यातिप्राप्त निजी विद्यालय सीसीएमा भर्ना गर्न पाउँदा खुसी लागेको उनका बुवा केशवराज अवस्थीले बताए । उनले भने, ‘सीसीएसले दिएको यो अवसर उज्यालो सपना जस्तै लागिरहेको छ । अब सन्तानको भविष्यको चिन्ता कम भएको अनुभूति भएको छ ।’

छात्रवृत्तिमा पढ्न पाउँदा गर्व लागेको अशोकले बताए । उनले भने ‘सपना त सबैको हुन्छ, तर त्यो पूरा गर्नका लागि सही वातावरण र समर्थन चाहिन्छ । अब म विज्ञान पढ्दै छु र भविष्यमा प्रविधि वा स्वास्थ्य क्षेत्रमार्फत समाजलाई योगदान दिन चाहन्छु ।’ यस्तै अशोककी बहिनी अस्मिताले सीसीएसमा प्रयोगात्मक सिकाइ, अनुभवी शिक्षक, सुरक्षित वातावरण र विद्यार्थीमैत्री विधिका कारण आफ्नो रोजाइमा परेको बताइन ।

विद्यालयका विज्ञान संकाय संयोजक दीपेन्द्र शाहले अशोक र अस्मिता जस्ता विद्यार्थीहरू शिक्षकका लागि प्रेरणाको स्रोत भएको बताए । उनले भने ‘उनीहरूमा आत्म अनुशासन, जिज्ञासा र अध्ययनको भोक छ । यिनीहरूले भविष्यमा समाजमै परिवर्तन ल्याउने विश्वास छ ।’

attariya technical collage

विद्यालयका अध्यक्ष हरि रेग्मीले भने सीसीएस प्रतिभाशाली विद्यार्थीलाई आर्थिक रूपमा कमजोर भए पनि उचित अवसर दिनु आफूहरूको दायित्व भएको बताए । धनगढीको रातो पुलमा अवस्थित सीसीएस प्लस टु मा विज्ञान संकाय, कम्प्युटर साइन्स, व्यवस्थापन, होटल मेनेजमेन्टको पठाई हुँदै आएको छ ।