कञ्चनपुर – कञ्चनपुरमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका–१ शंशुवर्मास्थित हुलाकी राजमार्गमा मोटरसाइकल र अटो एक आपसमा ठोक्किएर भएको दुर्घटनामा पुनर्वास नगरपालिका–२ मोतिबस्तीका ५० वर्षीय अटो चालक दान सिंहको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०११ प ३४३२ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्व आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४६०४ नम्बरको पेट्रोलियम अटोसँग ठोक्कएर गम्भिर घाइते भएका सिंहलाई माया मेट्रो अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।


दुर्घटनामा मोटरसाइकल चालक पुनर्वास नगरपालिका–२ ‘घ’ गाउँका २७ वर्षीय महेन्द्र शाही, मोटरसाइकलमा सवार २९ वर्षीय कालु शाही र अटोमा सवार २८ वर्षीय गोविन्द सिंह घाइते भएका छन् ।