कञ्चनपुर – कञ्चनपुरमा बोलेरो जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । भीमदत्त नगरपालिका – १५ घर भई हाल बेदकोट नगरपालिका– ३ मा बस्दै आएका ४० वर्षीय दीप चन्दको जिपको ठक्करबाट मृत्यु भएको हो ।

इलेकट्रोनिक स्कुटीमा सवार चन्दलाई सुप्रप ०४००१च ००१३ नम्बरको जिपले दैजी बजार नजिकै ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


दुर्घटनामा गम्भीर घाइते भएका चन्दलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको भए पनि उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) सागर बोहराले जानकारी दिए।
घटनापछि जिप र चालकलाई नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चन्द डिआरएस ट्रेडर्स दैजीका सञ्चालक हुन ।