अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – ५ मा रहेको पवित्र बस्ती बाढीको जोखिममा परेको छ । मोहना नदीमा बाढी आएपछि बस्ती जोखिममा परेको हो ।
स्थानीय सुरेश विकले नदीमा तटबन्ध नहुँदा बाढीको पानी घरमा पस्ने खतरा रहेको बताए । जसबाट २५० घरधुरी रहेको बस्ती जोखिममा परेको उनले बताए । उनले बस्तीमा बाढीको जोखिम भए पनि राज्यका निकायबाट कसैले चासो नदिएको बताए । नदीमा बाढी आएपछि कैलाली कञ्चनपुर जोड्ने काठे पुलमा आवागमन पनि रोकिएको उनले बताए ।



स्थानीय टिकाराम जैगडीले लगातारको वर्षाका कारण घर डुबानमा परेको बताए । उनले घरमा पानी पसेर बिचल्ली हुने अवस्था हुँदा पनि राज्यले नहेरेको बताए ।
नदी छेउमा रहेको आरती विकको घर डुबानमा परेपछि उनको परिवारलाई पवित्र आधारभूत विद्यालयमा राखिएको वडाध्यक्ष टेक पाण्डेले बताए । उनले अहिले नै बस्ती डुबानमा नपरेको भए पनि नदीको किनारामा भएकाले जोखिम रहेको बताए ।
