खाेज्नुहाेस

बैतडीमा नदीमा हाम फालेर एक युवक बेपत्ता

Image

बैतडी– बैतडीमा नदीमा हाम फालेर एक युवक बेपत्ता भएका छन । जिल्लाको डिलाशैनी गाउँपालिका –३ सिमारका अन्दाजी २६ बर्षीय महेश राना घरनजिकैको चौलानी नदीमा हाम फालेर बेपत्ता भएका हुन ।

navjiwan hospital

सोमबार बिहान साढे ६ बजेतिर रानाले नदीमा हाम फालेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । उनले रानाको खोजी कार्य जारी रहेको बताए ।

attariya hospital

बेपत्ता रानाको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको उनको भनाई छ । रानाले नदीमा हाम फाल्नुको कारण भने खुलेको छैन् । घटना बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।