खाेज्नुहाेस

बैतडीमा बसपार्कमा रोपियो धान

Image

बैतडी – बैतडीमा १० वर्षमा पनि निर्माण सम्पन्न नभएको बसपार्कमा धान रोपिएको छ । पाटन बजारमा रहेको बसपार्क निर्माण सुरु भएको १०  वर्ष पुग्दा पनि सम्पन्न नभएको भन्दै विरोध स्वरुप स्थानीयले धान रोपाइ गरेका हुन् । राष्ट्रिय धान दिवसको अवसरमा आइतबार स्थानीय आक्रोशित हुँदै धान रोपाई गरेका थिए । पाटन बजारमा रहेको बसपार्कको निर्माण आर्थिक वर्ष २०७१÷०७२ मा सुरु गरिएको थियो तर, एक दशक बितिसक्दा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

राष्ट्रिय धान दिवसको अवसर पारेर हलगोरु प्रयोग गरी खेतसरह बनेको बसपार्कमा धान रोपेर सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको पाटन बजार व्यवस्थापन समितिका अध्यक्ष खेमराज भट्टले बताए । उनले पटक–पटक आग्रह गर्दा पनि निर्माण कार्य अघि नबढेपछि शान्तिपूर्ण रूपमा दबाब दिन रोपाइँ गरिएको बताए ।

add everest academy
attariya hospital
navjiwan hospital

‘दश वर्षसम्म पनि बसपार्क नबन्दा बजार क्षेत्रमै पार्किङ गर्नुपर्ने बाध्यता छ’ भट्टले भने, ‘यसले बजार क्षेत्रमा जाम, अस्तव्यस्तता र दुर्घटनाको जोखिम बढाएको छ ।’सरकारले पाटनलाई मध्य पहाडी लोकमार्गअन्तर्गतको १० औँ नमुना सहरको रूपमा विकास गर्ने योजनाअनुसार आठवटा बस र चारवटा जिप पार्किङ गर्न मिल्नेगरि बसपार्क निर्माण थालेको थियो ।

तर, विभिन्न बहानामा काम रोकिँदा सो योजना कागजमै सीमित भएको स्थानीयवासीको गुनासो छ । स्थानीय नागरिक र व्यवसायीहरूले निर्माण कार्य छिट्टै सुरु गरेर निर्धारित समयभित्र सम्पन्न गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेका छन् ।

attariya technical collage