खाेज्नुहाेस

सुदूरपश्चिममा हालसम्मै ठूलो परिमाणमा लागूऔषध बरामद

Image

कञ्चनपुर- सुदूरपश्चिममा लागूऔषध व्युरोले सुदूरपश्चिममा हालसम्मै ठूलो परिमाणको लागूऔषध बरामद गरेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–६ स्थित सम्राट होटलबाट प्रहरीले ठूलो परिमाणको खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको हो।

navjiwan hospital

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार साँझ नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका–३ का ४२ वर्षीय नरसिंह महरा र पुनर्वास नगरपालिका–६, ङ गाउँका ५० वर्षीय दीपक विसी रहेका छन्।

attariya hospital

प्रहरीका अनुसार सम्राट होटलको कोठामा शंकास्पद रूपमा बसेका उनीहरूको साथमा चेकजाँच गर्दा महराको झोलाभित्र सेतो प्लास्टिकमा बेरिएको ५ वटा पोका फेला परेको थियो।

बरामद पदार्थको शुद्ध तौल २७३.२६ ग्राम रहेको र ती पोका अवैध लागुऔषध (खैरो हेरोइन) भएको प्रारम्भिक परीक्षणबाट पुष्टि भएको प्रहरीको भनाइ छ। उनीहरूलाई लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ।