खाेज्नुहाेस

पुर्चौडी नगरपालिकाका कार्यपालिका सदस्य ऐते लुहारको निधन

Image
file photo

बैतडी– बैतडीको पुर्चाैडी नगरपालिकाका कार्यपालिका सदस्य ऐते लुहारको मृत्यु भएको छ । मृगौलाका विरामी उनको उपचारका क्रममा बिहिबार राती मृत्यु भएको हो ।

navjiwan hospital

दुवै मृगौला फेल भएका ५५ वर्षीय उनको धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा उपचार भैरहेको थियो । उपचारका क्रममा नै उनको निधन भएको नगरपालिकाको वडा नं. ३ का वडाध्यक्ष खगेन्द्र बोहराले बताए ।

add everest academy
attariya hospital

कार्यपालिका सदस्यको निधन भएपछि नगरपालिकाले शुक्रबार आफ्नो कार्यक्षेत्रमा शोक बिदा घोषणा गरेको छ ।