खाेज्नुहाेस

सेनाले मझगाउँ विमानस्थलको जग्गा छोड्यो, धावनमार्ग निर्माणको बाटो खुल्यो

Image
s~rgk'/, ( r}tM demufpF ljdfg:yn k'gMlgdf{0f x'Fb} s~rgk'/sf] dx]Gb|gu/l:yt demufpF ljdfg:ynsf] k'gMlgdf{0f ul/Fb} . åGå sfndf c;'/Iffsf] sf/0f b]vfpFb} aGb ePsf] ljdfg:yn k'gM ;~rfngsf nflu ;/sf/n] 7]Ssf lbP/ sfd yfn]sf] 5 . t:aL/M z]/axfb'/ l;+x÷/f;;

कञ्चनपुर – कञ्चनपुरको मझगाउँ विमानस्थल निर्माणका लागि लामो समयदेखिको जग्गा विवाद सुल्झिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ रहेको नेपाली सेनाले मातहतको जमिन विमानस्थलका लागि छाडेपछि विवाद सुल्झिएको हो । सेनाले प्रयोग गरिरहेको निकुञ्जको प्रवेशद्वार सम्मको रत्न वाटिकाको जमिन विमानस्थलका लागि छाडेको हो ।

navjiwan hospital

अहिले विमानस्थल निर्माण कम्पनीले अस्थायी रूपमा घेरबारको काम गरिरहेको छ ।‘अब विमानस्थलको निर्माण कार्य पूर्णरूपमा अगाडि बढ्ने भयो,’ मझगाउँ विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले भने, ‘अब बाँकी रहेको क्षेत्रमा पनि सबबेसको काम सुरु गरिनेछ ।’

attariya hospital

सेनाले जमिन नछाड्दा हालसम्म धावनमार्गको काम आधामा मात्रै भइरहेको थियो । १५ सय २५ मिटर धावनमार्ग हुनुपर्ने भए पनि निर्माण कम्पनीले १३ सय मिटरमा मात्रै काम गरिरहेको थियो । उक्त क्षेत्रमा धावनमार्ग कालोपत्रको काम भइरहेको छ । हालसम्म एप्रोन र ट्याक्सीवे तथा ५ सय मिटर धावनमार्ग कालोपत्रको काम सकिएको ओझाले बताए ।

‘अब बाँकी २ सय २५ मिटर रनवेको काम पनि सुरु हुन्छ,’ आयोजना प्रमुख ओझाले भने, ‘थपिएको समयभित्रै धावनमार्गको काम सकिनेछ ।’