अत्तरिया – कञ्चनपुरबाट प्रहरीले १ लाख बढीको भन्सार छलीको सामान बरामद गरेको छ । शुक्रबार भीमदत्त नगरपालिका – १० गड्डाबजार र भीमदत्त नगरपालिका – १७ नहर छेउबाट अबैंध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख २३ हजार १ सय बराबरका सामान बरामद गरिएको हो ।

जसअन्तरगत कपडा, बिडी, सुर्ती, हाडवेयर, किराना लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

