
अत्तरिया – कञ्चनपुरबाट प्रहरीले लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ । शुक्रबार भीमदत्त नगरपालिका – ४ गोबरियाका २८ वर्षीय रबि भाटको घरको कोठामा खानतलासी बरामद गरिएको लागू औषध सहित पक्राउ गरिएको हो ।
उनको साथबाट REXOJEHIC एम्पुल थान १२, BUPRENORPHINE HYBRORIDE MANK एम्पुल थान २, PHENARGAN एम्पुल थान २, सिरिन्ज थान १ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

















