बैतडी– बैतडीको सुर्नया गाउँपालिकाले शुक्रबार (आज) शोक बिदा दिइएको छ । गाउँपालिकाले विज्ञप्ती जारी गर्दै नगरपालिकामा कार्यरत कर्मचारी कृष्णबहादुर साउँदको निधन भएपछि गाउँपालिका एक दिनका लागि बन्द गरिएको जनाएको छ ।

गाउँपालिका अन्तर्गत वडा नं ८ स्थित कैलपाल सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत अहेव साउँदको निधन भएकाले एक दिन शोक बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीले बताए ।


साउँदको बिहीबार राति ११ बजेको समयमा निधन भएको थियो । साउँदको निधनले गाउँपालिकाले एक कुशल स्वास्थ्यकर्मी गुमाएको सुर्नया गाउँपालिकाले जनाएको छ ।