खाेज्नुहाेस

चिया पिउने बानी छ भने यी कुरामा ध्यान दिनुहोस

Image

काठमाडौँ । धेरै मानिसहरूको दिनको शुरूआत नै चियाबाट हुन्छ । उनीहरू ताजा महसुस गर्न चिया पिउन जरुरी ठान्छन् । चियासँग बिस्कुट, पाउरोटी वा हल्का नास्ता खानु सामान्य बानी हो । तर, दैनिक रूपमा गरिने यो बानी स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

चियासँग चिनी वा कार्बोहाइड्रेटयुक्त नास्ता खाँदा रगतमा चिनीको मात्रा एक्कासी बढ्न सक्छ । यसले पाचन प्रणालीमा पनि नकारात्मक असर पार्छ । यदि तपाईं पहिले नै मधुमेह वा ब्लड सुगरको समस्याबाट ग्रस्त हुनुहुन्छ भने, यो बानी झनै खतरनाक बन्न सक्छ ।

add everest academy
attariya hospital

चियासँग के–के नखानु राम्रो ?

धेरै मानिसहरू बिहान चियासँग ब्रेड, बिस्कुट वा टी–केकजस्ता हल्का नास्ता खान्छन्। यी खानेकुरा सामान्य र हल्का देखिए पनि, खाली पेट वा चियासँग (विशेषगरी चिनी हालिएको चिया) खाँदा रगतमा चिनीको मात्रा तीव्र रूपमा बढाउँछ ।
यस्ता खानेकुराहरूको ग्लाइसेमिक इन्डेक्स (जीआई) र ग्लाइसेमिक लोड (जीएल) उच्च हुन्छ, जसले दिनभर थकान, कमजोरी र चिनीको असन्तुलन निम्त्याउन सक्छ ।

चियासँग यस्ता खानेकुरा खाँदा पाचनमा के असर पर्छ ?

attariya technical collage

यी खानेकुराहरूमा रिफाइन कार्बोहाइड्रेट र चिनी हुन्छ, जसलाई पचाउन समय लाग्छ । जब यी कुराहरू चियासँग खाली पेट खाइन्छ, तब ती छिट्टै पचेर रक्तप्रवाहमा चिनी छाड्छन्, जसले पाचन प्रणालीमा असर गर्छ । यसमा भएको ट्रान्स फ्याट र चिनीले पाचन प्रक्रिया सुस्त बनाउँछ ।

यसले पेटमा भारीपन, ग्यास र अम्लता (एसिडिटी)को समस्या ल्याउन सक्छ । दीर्घकालीन रूपमा यस्ता खानेकुराको सेवनले ग्यास्ट्राइटिस वा अल्सरको जोखिम बढाउँछ ।

यदि तपाईंमा उठ्नेबित्तिकै चिया पिउने बानी छ भने यी कुरामा ध्यान दिनुहोस :

navjiwan hospital

१. खाली पेट चिया नपिउनुहोस्

चियामा हुने क्याफिनले पेटमा एसिड उत्पादन गर्छ, जसले ग्यास र अम्लताको समस्या निम्त्याउँछ। त्यसैले चिया पिउनुअघि केही हल्का खानेकुरा खनुहोस् ।

२. चियामा चिनी कम राख्नुहोस्

धेरै चिनीले रक्तचिनीको मात्रा बढाउँछ, जसले दिनभर थकान र कमजोरी ल्याउन सक्छ । सकेसम्म चिनीको मात्रा घटाउनुहोस् वा प्राकृतिक स्वीटनर (जस्तै मह) प्रयोग गर्नुहोस् ।

३. हर्बल चियाको विकल्प रोज्नुहोस्

ग्रीन टी, पुदिनाको चिया वा अदुवा–तुलसीको चिया पाचनका लागि लाभदायक हुन्छ।

४. चियासँग गह्रौं नास्ताबाट बच्नुहोस्

बिस्कुट, ब्रेड वा तेलिलो खानेकुरा चियासँग नखानुहोस्। यसको सट्टा बदाम, फलफूल वा ओट्स जस्ता स्वस्थ नास्ता रोज्नुहोस् ।

५. चिया पिउने बानी घटाउनुहोस्

दिनभर धेरै चिया पिउनु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । दिनमा २–३ कपभन्दा बढी चिया नपिउनुहोस् ताकि निन्द्रा, पाचन र सम्पूर्ण स्वास्थ्यमा असर नपरोस् । साभार