खाेज्नुहाेस

बैतडीमा भूकम्पपछि थप पराकम्प

Image

बैतडी– बैतडी सदरमुकाम खलङ्गा क्षेत्रमा शुक्रबार राति १ बजेर ४८ मिनेट जाँदा गएको ५.१ रेक्टर स्केलको भूकम्पपछि थप पराकम्पहरु गएका छन । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार जिल्लामा एउटा ३.७ रेक्टर स्केलको र बाँकी साना पराकम्पहरु गएका हुन । भूकम्पको पहिलो धक्का बैतडीसहित सुदूरपश्चिमका अन्य जिल्लामा महसुस गरिएको छ । भूकम्पबाट मानवीय र भौतिक क्षति भने भएको छैन ।

navjiwan hospital

भूकम्प मापन केन्द केन्द्र सुर्खेत कार्यालयका प्रुमख चिन्तन तिमिल्सिनाका अनुसार ५.१ रेक्टर स्केलको भूपकम्प गएको २० मिनेटपछि ३.७ रेक्टर स्केलको दोश्रो र त्यसपछि १० वटा साना पराकम्पन गएका हुन् । उनका अनुसार बैतडीसहित पश्चिम नेपालमा भूकम्पको जोखिम कायमै रहेकाले भौतिक संरचना भूकम्प प्रतिरोधी बनाउन आवश्यक देखिएको छ ।

attariya hospital

भूकम्पपछि बैतडी सदरमुकाम आसपासका भौतिक संचरनाको स्थलगत निरीक्षण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययले बताए । उनले शुक्रबार राति गएको भूपम्पले मानवीय र भौति क्षति भने नभएको बताए । उपाध्यायले पश्चिम नेपाल भूकम्पको जोखिममा रहेको कुरा विभिन्न अध्ययनबाट सार्वजनिक भएकाले जनचेतना र भूकम्पप्रतिरोधी भौतिक संचरना निर्माण हुन जरुरी देखिएको बताए ।