खाेज्नुहाेस

निर्मला पन्त प्रकरण : पत्रकार खेम भण्डारीलाई एक महिना कैद

Image

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई एक महिना कैद सजाय तोकिएको छ । जिल्ला अदालत कञ्चनपुरका सूचना अधिकारी राजेन्द्र बहादुर चन्दले पत्रकार भण्डारीलाई एक महिना कैद सजाय र एक लाख क्षतिपूर्तिको सजाय तोकिएको बताए । पत्रकार भण्डारीलाई १० हजार जरिवाना समेत गरिएको उनले बताए ।

navjiwan hospital

तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा किरण राज विष्टले उनीविरुद्ध गाली बेइजती कसुरमा मुद्दा दर्ता गरेका थिए ।

attariya hospital

भण्डारीले निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा तथ्यहीन आरोप लगाउँदै आएका थिए । त्यसै क्रममा भण्डारीले किरणराज विष्टलाई पनि जोडेर समाचार र स्टाटस लेखेका थिए ।