कञ्चनपुर – कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–११ गड्डाचौकी र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट लागुऔाषधसहित २ जना पक्राउ परेका हुन्।

भारतबाट नेपाल तर्फ आउदै गरेका भीमदत्त नगरपालिका–२ का दिपेश डगौरा चार ग्राम १९० मिलिग्राम हैरो हेरोइनसहित पक्राउ परेका छन ।

डोकेबजारबाट धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकका २५ वर्षीय सन्दिप श्रीवास्तव पक्राउ परेका छन्। उनी पनि भारतबाट नेपाल तर्फ आउँदै गर्दा २ ग्राम ३८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

















