खाेज्नुहाेस

बैतडीका केशवको घरमा आगलागी, १३ लाख बराबरको क्षति

Image

बैतडी– बैतडीका केशवदत्त भट्टको घरमा आगलागी हुँदा १३ लाख बराबरको क्षति भएको छ ।

navjiwan hospital

जिल्लाको दशरथचन्द नगरपालिका– १ गुरुखोला श्रीखण्डका भट्टको घरमा सोमबार बिहान आगलागी हुँदा १३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर घरमा आगलागी भएको बताईएको छ । प्रहरीका अनुसार आगलागीबाट घरको दोस्रो तलामा क्षति पुग्नुका साथै घरभित्र रहेका अन्न, लत्ताकपडालगायत सामग्री जलेर नष्ट भएका भएका छन् ।

attariya hospital

प्रहरी चौकी गुरुखोलाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।