खाेज्नुहाेस

मन्त्री शार्कीद्धारा कञ्चनपुरका कैदीबन्दीलाई खेलकुद र शैक्षिक सामग्री हस्तान्तरण

Image

कञ्चनपुर – सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा शार्कीले जिल्ला कारागार कञ्चनपुरमा रहेका कैदीबन्दीलाई सामग्री हस्तान्तरण गरेका छन् ।

navjiwan hospital

आइतबार कैदीहरूलाई खेलकुद योग, ध्यान तथा सकारात्मक सोच सम्बन्धी तालिमको उद्घाटन गदै मन्त्री शार्कीले खेलकुद लगायत शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

attariya hospital

पाँच दिने योग शिविरमा योगगुरु गणेश भट्ट, पवनकुमार पनेरु र इश्वरीबम चन्दले प्रशिक्षण गराइरहेका छन् । कारागारमा हाल क्षमता भन्दा झण्डै चार गुणा बढी कैदीबन्दी रहेका छन् ।

९५ जनाको क्षमता रहेको कारागारमा हाल २५ महिला र ४२८ पुरुष गरी ४ सय ५३ कैदीबन्दी रहेका छन् । विस २०२४ सालमा निर्माण गरिएको उक्त कारागार भवन अहिले जिर्ण अवस्थामा रहेको छ ।