कञ्चनपुर – कञ्चनपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

आइतवार बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीका २४ वर्षीय लालमती रानाको मृत्यु भएको हो । बगरमा लगाइएको तरकारी टिप्न गएका बेला उनको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनी सँगै गएका लालमतीका श्रीमान २८ वर्षीय रतन सिंह राना घाइते भएका छन् । रतनलाई उपचारको लागि धनगढी ल्याइएको प्रहरीले जनाएको छ ।