खाेज्नुहाेस

कञ्चनपुरको पुनर्वास नगरपालिकामा सान परियोजना सुरु

Image

किशोर तामाङ/कञ्चनपुर– नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्य सुदृढीकरण परियोजना (सानं) शुरु गरिएको छ । उक्त परियोजना कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिकामा एक कार्यक्रमका बिच शुभारम्भ भएको हो ।

पुनर्वास नगरपालिकामा आयोजित कार्यक्रममा पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माको अध्यक्षता परियोजनाको औपचारिक रुपमा शुभारम्भ भएको छ । प्रत्येक मनसुनमा बाढीका कारण बारम्बार क्षति हुँदै आएको छ । जसका कारण जनधनको क्षति मात्र नभई दीर्घकालीन सामाजिक र आर्थिक असर पनि पारिरहेका कारण यस्ता संकटहरूको प्रभाव न्यूनीकरण गर्न र क्षतिको पूर्वानुमानको आधारमा प्रभावकारी तयारी गर्न उक्त परियोजना सुरु गरिएको बताईएको छ । पूर्वानुमानमा आधारित सूचना र जोखिम मूल्यांकनको आधारमा आवश्यक कदम चाल्न नगरपालिकामा उक्त परियोजना शुभारम्भ गरिएको नगरपालिकाले जनाएको छ ।

attariya hospital

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) द्धारा सञ्चालित मर्सिकोर नेपालको प्राविधिक सहयोग र कोकाकोला फाउन्डेशनको आर्थिक सहयोगमा मर्सिकोर र रुमसन एसोसीएट्सले कञ्चनपुरका २ पालिकामा उक्त परियोजना सञ्चालनमा ल्याएको छ । जिल्लाका पुर्नवास नगरपालिका र लालझाडी गाउँपालिकामा उक्त परियोजना सञ्चालनमा ल्याईएको शान परियोजनाका संयोजक देवराज बडुले बताए । दुइटै पालिकाहरुमा पुर्व नमुनामा आधारित पुर्वकार्यमा बल्कचेन प्रविधि परियोजना सञ्चालनमा ल्याईएको उनले बताए ।

navjiwan hospital

परियोजनाले विपद ब्यवस्थापनका लागि राहत प्लेटफर्मको निर्माण गरि पुर्वकार्यका गतिविधिहरु सबै एकिकृत गर्ने, गतिविधीको अनुगमन तथा दस्तावेजीकरण गर्ने, एसएमएस र भ्वाइस मेसेजको प्रयोग गरि बाढी जोखिम क्षेत्रमा पुर्वानुमानका आधारमा डिजिटल भौचरको प्रयोग गर्दै नगद हस्तान्तरण कार्यमा थप प्रभावकारी बनाउने लगायतका कार्य गर्ने बडुले बताए । यसैगरि परियोजना अन्तर्गतका कार्यक्रमद्वारा विपद् आउनु पूर्व नै स्थानीय तह, समुदाय र सरोकारवालाहरूलाई सूचित गर्दै आवश्यक तयारी गर्न सघाउने, पूर्वसूचना प्रणाली र सुरक्षाका उपायहरूलाई प्रवद्र्धन गर्ने तथा संघीय, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गर्दै प्रतिकृया, राहत र पुनःस्थापनाअघि नै पूर्वकार्य आरम्भ गर्ने लक्ष्य रहेको उनले बताए ।

कार्यक्रममा पुनर्वास नगरपालिका– ५ का वडाध्यक्ष पदम रोकायले परियोजनाले विपद जोखिम न्यूनिकरणका लागि स्थानीय सरकारको पूर्वानुमान कार्यलाई एकीकृत गर्दै सूचना प्रणालीमा सुधार गर्ने भएकाले समुदायको लागि अपरिहार्य भएको बताए । उनले जोखिममा आधारित योजना निर्माण, जोखिम हस्तान्तरण तथा बीमा योजनाको कार्यान्वयन मार्फत समुदायको दीगो विपद् तयारी र सामाजिक सुरक्षाको स्तर उकास्नेमा आफु बिश्वस्त रहेको बताए ।

maya metro hospital

कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले परियोजनाले समग्र पालिकाको विपद् व्यवस्थापनको कार्यलाई प्रविधि मैत्री बनाउँदै विपद् व्यवस्थापनको कार्यलाई थप छिटो, छरिदो र प्रभावकारी बनाउने अपेक्षा लिएको बताए । उनले विपद्ग्रस्त समुदायका सदस्यहरूलाई तालिम, पूर्वतयारी उपकरण वितरण, पूर्वसूचना प्रणालीमा पहुँच र निर्णय प्रक्रियामा सहभागिता मार्फत सशक्तिकरण तर्फ सूचना प्रणालीलाई सुधार गर्दै प्रारम्भिक सूचना प्रणालीको पहुँच र प्रयोग सुदृढ गर्दै लैजानेमा आफु ढुक्क रहेको समेत बताए ।

परियोजना शुभारम्भ कार्यक्रममा पुनर्वास नगरपालिका अन्तर्गतका सबै वडाका वडाध्यक्षहरु तथा प्रतिनिधि, नगरपालिका शाखा प्रमुखहरू र विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Karma Consultancy