
झलारी– गुडिरहेको अटोबाट खस्दा कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका– ७ स्टेशनपुरमा गुडिरहेको अटोबाट सोही वडाका निराजन ठगुन्नाको मृत्यु भएको हो ।
अटोबाट खसेर गम्भीर घाईते भएका ठगुन्नाको उपचारको लागि धनगढी लैजाने क्रममा बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । अटो चालक जयदेव ठगुन्नालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
