खाेज्नुहाेस

बैतडीका एक पुरुषको शव दार्चुलाको चौलानी नदी किनारमा फेला

Image
सांकेतिक फोटो

बैतडी– बैतडीका एक पुरुषको शव दार्चुलाको चौलानी नदी किनारमा फेला परेको छ । जिल्लाको डिलासैनी गाउँपालिका– ५ का ४५ वर्षिय श्यामसिँह साउँदको शव दार्चुलाको लेकम गाउँपालिका– १ खेतालीस्थित चौलानी नदी किनारमा फेला परेको हो ।

navjiwan hospital

बुधबार बिहान घरबाट निस्किएका साउँद सोही दिन दिउँसो मृत अवस्थामा फेला परेको डिलासैनी गाउँपालिका– ५ का वडाध्यक्ष यज्ञराज भट्टले जानकारी दिए । उनी मानसिक रुपमा कमजोर रहेका बुझिएको छ । पछिल्लो समय कैलालीको बौनिया बस्दै आएका साउँद केही दिन पहिलामात्रै बैतडी आएका बुझिएको छ ।

attariya hospital

मृतक साउँदको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जनाएको छ ।