खाेज्नुहाेस

सम्झौताको नौ वर्षपछि दोदामा पुल निर्माण सुरु

Image

कञ्चनपुर  – कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीमा नौ वर्षपछि पुल निर्माण सुरु भएको छ।

navjiwan hospital

२०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीसँग २४ करोड २२ लाखमा सम्झौता भएपनि फाउन्डेसनमा समस्या आएपछि निर्माण अघि बढ्न सकेको थिएन। सुरुमा तीन पिलर बने पनि समस्या देखिएपछि लागत नबढाउने गरी डिजाइन परिवर्तन गरेर अर्को स्थानमा काम सुरु गरिएको हो।

attariya hospital

डिभिजन सडक कार्यालयका सबइन्जिनियर भोजराज रानाका अनुसार अहिले पुल निर्माण तीव्र गतिमा भइरहेको छ र असारसम्म सक्ने तयारी छ। तर ठेक्का सम्झौताअनुसार काम आगामी माघमा सम्पन्न हुनुपर्नेछ। निर्माण कम्पनीका इन्जिनियर किशोरराज पाण्डेयले ६० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए।

दोधार नदीमा पुल नहुँदा स्थानीय वर्षौँदेखि सास्ती खेप्दै आएका छन्। बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता थियो। खोलामा पुल नहुँदा केही वर्षअघि दुई जनाले ज्यानसमेत गुमाएका थिए। पुल निर्माणसँगै स्थानीयवासीले सुरक्षित यात्रा गर्न पाउने आशा गरेका छन्।