
कञ्चनपुर – कञ्चनपुरबाट लागु औषध सहित २ जना पक्राउ परेका छन्। बेलौरीमा भारतबाट नेपाल तर्फ आउँदै गरेका उत्तर प्रदेशको पिलिभित नवदिया दुर्जनपुरका ३९ वर्षीय कुलदिप सिंह र ६० वर्षीय बेचनलाल पाशमान पक्राउ परेका हुन्।


कुलदिपले चलाएको युपि २६ ए डब्ल ३१८६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलको पछाडि सवार बेचनलाल साथबाट १६.३४ ग्राम लागु औषध अफिम जस्तो देखिने कालो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।