खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेशस्तरीय महोत्सव हुने

Image
A view of a terraced paddy field located in Patan of Baitadi district, as pictured on Thursday, October 4, 2018. Photo: RSS

बैतडी – बैतडीको पाटनमा आगामी वैशाख २ गतेदेखि सुदूरपश्चिम प्रदेशस्तरीय महोत्सव आयोजना हुने भएको छ। नेपाल च्याम्बर अफ कमर्स बैतडीको आयोजनामा र क्वालिटी आल्मुनियम स्टिलको मुख्य प्रायोजनमा हुने महोत्सव श्रीकृष्ण मावि पाटनको मैदानमा सञ्चालन हुनेछ। महोत्सव वैशाख १० गतेसम्म सञ्चालन हुनेछ।

navjiwan hospital

च्याम्बर अफ कमर्स बैतडीका अध्यक्ष हरिस प्रशाद जोशीका अनुसार, महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ। महोत्सवमा कृषि, पर्यटन, कला, संस्कृति, रोजगारी तथा औद्योगिक व्यापारलाई विशेष प्राथमिकता दिइनेछ।

attariya hospital

स्थानीय उत्पादनको प्रदर्शनी तथा विक्री वितरणका साथै स्थानीय किसान र उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ। साथै, महोत्सवले सुदूरपश्चिमको संस्कृति र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास आयोजकको छ।

स्थानीय व्यापार वृद्धि र रोजगारी सिर्जनामा समेत टेवा पुर्‍याउने लक्ष्यका साथ आयोजना गरिएको महोत्सवले बैतडी जिल्लाको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।