खाेज्नुहाेस

सुदूरपश्चिममा चार महिनाको अवधीमा एकसट्ठी करोड बढीको खाद्यान्न आयात

Image
file photo

बैतडी– सुदुरपश्चिममा चार महिनाको अवधीमा ६१ करोड बढीको खाद्यान्न आयात भएको छ । प्रदेशमा चालु आर्थिक वर्षको ४ महिनामा भारतबाट ६१ करोड ७० लाख ८५ हजारको खाद्यान्न आयात भएको हो ।

navjiwan hospital

बैतडीमा कृषि विकास निर्देशनालयले आयोजना गरेको स्थानीय तहसँग प्रदेश कार्यक्रम सञ्चालन सम्बन्धी समन्वयात्मक गोष्ठीमा तथ्यांक सार्वजनिक गरिएको थियो । जसअनुसार चालु आर्थिक वर्षको साउनदेखी कार्तिकसम्म कञ्चनपुरको गड्डाचौकी नाकाबाट उक्त मूल्य बराबारको दाल, चामल, मकै, गहुँ, पशु आहारा, फलफूल र तरकारी आयात भएको देखिएको छ ।

attariya hospital

कार्यक्रममा बैतडी र समग्र प्रदेशको कृषि उत्पादन र खाद्यान्नका बारेमा चर्चा गरिएको थियो । कृषि विकास निर्देशनालय, दिपायल डोटीले प्रदेशको कृषिको अवस्थाबारे तथ्याङ्क सार्वजनिक गरेको थियो । जसअनुसार प्रदेशका नौ वटा जिल्लाका २६ लाख ९६ हजार ६११ जनसंख्यालाई वार्षिक पाँच लाख १३ हजार ४०१ मेट्रिक टन खाद्यान्न आवश्यक पर्नेमा वार्षिक एक लाख ५९ हजार २६० मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको छ । प्रदेशका नौ वटा जिल्ला मध्ये कैलाली र कञ्चनपुर बाहेक सात पहाडी जिल्लामा खाद्य सङ्कट हुने गरेको छ ।

तथ्याङ्क अनुसार सात पहाडी जिल्ला मध्ये बैतडीमा सबै भन्दा बढी १६ हजार ५११ मेट्रिक टन खाद्यान्न अपुग हुन्छ । बैतडीपछि अछाममा चार हजार ८१० मेट्रिक टन, बाजुरामा तीन हजार ५१७ मेट्रिक टन, बझाङमा दुई हजार ६२३ मेट्रिक टन, दार्चुलामा चार हजार १२० मेट्रिक टन, डडेलधुरामा एक हजार ३५ मेट्रिक टन र डोटीमा ५२९ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको छ ।