खाेज्नुहाेस

बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा शुरु

Image

बैतडी– बैतडीको प्रसिद्ध धार्मिक स्थल निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु भएको छ । आज चैतेदशैको अवसरमा जिल्लाको दशरथचन्द नगरपालिका– २ देहीमाण्डौँस्थित उक्त मन्दिरमा आज जात्रा सुरु भएको हो ।

navjiwan hospital

आज राँगाको बलिसहित जात्रा समापन हुने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जनाएको छ । चैत शुक्ल प्रतिपदाका दिनदेखि नित्य पूजाआजा भइरहेको बताईएको छ । मन्दिरमा चैत शुक्ल अष्टमीका दिन पशु बलिसहित जात्रा हुने गरेको मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । हिजो सप्तमीका दिन राँगा बाँध्ने र आज अष्टमीका पशुबलि दिने चलन रही आएको उनले बताए ।

attariya hospital

निङ्गलाशैनी भगवती मन्दिरमा बर्षमा ४ पटक जात्रा लाग्ने गरेको बताइएको छ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका बताईएको छ ।