खाेज्नुहाेस

कञ्चनपुरमा गहुँबारीमा पसेको बाघ नियन्त्रणमा

Image

रेखा चौधरी, अत्तरिया– कञ्चनपुरमा गहुँबारीमा पसेको बाघ नियन्त्रणमा लिईएको छ । जिल्लाको बेलौरी नगरपालिका– २ टेडुवा गाउँको गहुँबारीमा पसेको बाघ नियन्त्रणमा लिईएको हो ।

navjiwan hospital

डिभिजन वन कार्यालय, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कार्यालयको प्राविधिकहरुको टोलीले हात्ती माथिवाट डाँट गरेर बेहोस पारि नियन्त्रणमा लिएको डिभिजन बन अधिकृत राम विचारी ठाकुरले जानकारी दिए ।

attariya hospital

उनले उक्त भाले बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्य भागमा लगेर छोडिने समेत बताए । उनका अनुसार टेडुवास्थित गहुँबारीमा शनिबार बिहानबाट बाघ देखिएको थियो भने उक्त बाघले एउटा चौपाया समेत खाएको थियो । गहुँबारीमा बाघ पसेपछि स्थानियहरु त्रसित बनेका थिए ।