खाेज्नुहाेस

सडक सञ्जालसँग जोडियो बैतडीको मटेला क्षेत्र

Image

बैतडी– बैतडीको मटेला क्षेत्र पहिलो पटक सडक सञ्जालसँग जोडिएको छ । नेपाल–भारत सीमा क्षेत्र रहेको जिल्लाको शिवनाथ गाउँपालिका– १ मा पर्ने सो क्षेत्र पहिलो पटक सडक सञ्जालसँग जोडिएको हो ।

navjiwan hospital

सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) लाई लक्षित गर्दै सडक निर्माण गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए । सुल्लेखान–शर्माली–नगरौघाट सडकअन्तर्गत पर्ने सिमल चौतारीबाट सशस्त्र प्रहरी बल नेपालको बीओपीसम्म एक हजार एक सय मिटर कच्ची सडक निर्माण गरिएको छ । सङ्घीय समपूरक अनुदान कार्यक्रममार्फत सडक निर्माणको ठेक्का सम्झौता गरिएको हो । गाउँपालिका र सङ्घीय सरकारको लगानीमा सडक निर्माणको ठेक्का सम्झौता भएको गाउँपालिकाले जनाएको छ ।

attariya hospital

बीओपीसम्म सडक सञ्जाल पुगेसँगै सशस्त्र प्रहरीलाई पनि सहज भएको छ । सडक नहुँदा खाद्यान्नलगायत सामग्री सिमल चौतारीबाट बोकेरै ल्याउने गरेकामा अब भने सहज भएको बीओपीका प्रमुख, सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाशजैशी ढकालले बताए । चालु आर्थिक वर्षमा गरिएको ठेक्का सम्झौतामा सुर्नयागाड, रत्याल, जोलापानी, पौँखर, बगार, दुबला, स्वाल, गाउँसल्ला हुँदै कुस्माउतघाटलगायत ठाउँमा सडक बनाउने गाउँपालिकाको योजना छ ।