बैतडी– बैतडीमा भगवान श्रीरामको २१ फिट अग्लो मुर्ति निर्माण गरिएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका– ६, पन्ज्युनयाँमा भगवान श्रीरामको २१ फिटको अग्लो मुर्ति निर्माण गरिएको हो ।

सो स्थानमा रहेको राममन्दिरमा उक्त मुर्ति निर्माण गरिएको राममुर्ति निर्माण समितिका अध्यक्ष विरसिँह कार्कीले जानकराी दिए । देश तथा विदेशमा रहेका श्रद्धालुहरुबाट चन्दा संकलन गरेर मूर्ती निर्माण गरिएको उनले बताए ।

मूर्ती निर्माणका लागि ५ लाख रुपैयाँ चन्दा संकलन भएको उनले बताए । ‘यो क्षेत्रमा पुरानो राम मन्दिर रहेको छ । जमाडी र चौलानी नदीको संगम नजिकै रहेको मन्दिरमा हामीले चन्दा संकलन गरेर २१ फिट अग्लो राममूर्ती निर्माण गरेका हौँ’ अध्यक्ष कार्कीले भने ।
राम मन्दिर परिसरमा निर्माण गरिएको राममूर्तीको रामनवमीका दिन प्राणप्रतिष्ठा गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ । यही चैत २४ गतेका दिन पर्ने रामनवमी दिन मूर्तीको औपाचारिक उद्दघाटन गरिने अध्यक्ष कार्कीले बताए ।