खाेज्नुहाेस

कञ्चनपुरमा ट्याक्टरसँग स्कुटी ठोक्किदा एक जनाको मृत्यु

Image

कञ्चनपुर – कञ्चनपुरमा ट्याक्टरसँग स्कुटी ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

navjiwan hospital

भीमदत्त नगरपालिका–११ मा म १ त १०२० नम्बरको ट्याक्टरमा सोही दिशातर्फ जादै गरेको सुपप्र ०२–००३ प ६७३२ नम्बरको स्कुटी पछाडीको भागमा ठोक्किएको थियो ।

attariya hospital

दुर्घटनामा स्कुटी पछाडि सवार ४० वर्षीय प्रेम गिरीको उपचारका क्रममा शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ । गिरीलाई धनगढीको मायामेट्रो अस्पतालले भारतको भोजीपुरा रेफर गरेको थियो ।

तर, भारत नलग्दै चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । स्कुटी चालक सोही ठाउँ बस्ने ४२ वर्षीय सन्तोष कुँवरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ