खाेज्नुहाेस

पञ्चेश्वरमा लिफ्ट सिँचाइ योजना निर्माण गरिदैं

Image

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिकामा लिफ्ट सिँचाइ योजना निर्माण गरिने भएको छ । गाउँपालिकाले महाकाली नदीको पानी तानेर सिँचाइ योजना सञ्चालनमा ल्याउन लागेको हो । लिफ्टििङ सिँचाइका लागि स्तृत अध्ययन प्रतिवेदन (डिपिआर) को काम अघि बढाएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।

navjiwan hospital

उक्त योजनाबाट पञ्चेश्वर गाउँपालिका– ४ विनायक गाउँको वल्लो र पल्लो भोराका खेतमा सिँचाइ पु¥याउने लक्ष्य लिइएको छ । जसबाट एक हजार दुई सय रोपनी खेतमा सिँचाइ पुग्ने छ ।

attariya hospital

अध्यक्ष चन्दले सामाजिक संस्था रुडेसमार्फत डिपिआरको काम अघि बढेको बताए । सो संस्थाले यसअघि दशरथचन्द नगरपालिका–१०, तिरखडेनी गाउँमा महाकालीको पानी लिफ्ट गरेर सिँचाइ योजना पुऱ्याइसकेको छ । सिँचाइ योजनाका लागि २५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।