खाेज्नुहाेस

हाजिर हुन नपाउदै बैतडीको पाटन नगरपालिकाका हाकिम पौडेलको सरुवा

Image

भुवनी कुमारी भट्ट, अत्तरिया– बैतडीको पाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास पौडेलको सरुवा भएको छ । कार्यालयमा हाजिर हुन नपाउदै पौडेलको गृहमन्त्रालयमा सरुवा भएको हो ।

navjiwan hospital

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निकालेको सरुवा सूचीमा पौडेललाई पाटनबाट गृहमन्त्रालयमा सरुवा गरिएको उल्लेख छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशीको सरुवा भएपछि नगरपालिकाको हाकिमका रुपमा पौडेललाई पठाईएको थियो ।

attariya hospital

तर पौडेल कार्यालयमा उपस्थित हुन नपाउदै उनको पनि सरुवा भएको हो । यो संगै बैतडीका पाटन नगरपालिका र पञ्चेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहिन भएका छन् ।