खाेज्नुहाेस

बैतडीको दोगडाकेदारमा ‘कोल्ड स्टोर’ सञ्चालनमा

Image

ममता खत्री, अत्तरिया – बैतडीको दोगडाकेदार गाउँपालिका– ७ मा निर्माण गरिएको शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ । गत आर्थिक वर्षमा निर्माण सम्पन्न भएको उक्त कोल्डस्टोर औपचारीक रुपमा सञ्चालनमा आएको हो ।

गत आर्थिक वर्षमा संघीय सरकार र दोगडाकेदार गाउँपालिकाको संयुक्त लगानीमा कोल्ड स्टोर निर्माण गरिएको थियो । करिब १ करोडको लागतमा निर्माण सम्पन्न भएको कोल्ड स्टोरको भण्डारण क्षमता ५० टन रहेको छ ।

attariya hospital
navjiwan hospital

गाउँपालिकाले प्रारम्भिक रूपमा शीतभण्डार सञ्चालनमा ल्याउन किसानहरूसँग उत्पादन गरिएको १० टन आलु खरिद गरी भण्डारण गरेको छ । यसअघि किसानलाई अनुदानमा आलुको बिउ प्रदान गरेको थियो, जसको उत्पादन आफैंले खरिद गरी भण्डारण गरिएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिए । उनका अनुसार स्थानीय किसानहरूले उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य कृषि उपज कोल्ड स्टोरमा भण्डारण गर्न पाउने छन् ।

कार्कीले कोल्ड स्टोरको स्थापनाले कृषकहरूलाई आधुनिक भण्डारण प्रणालीमार्फत उनीहरूको उत्पादनको मूल्य अभिवृद्धि गर्न मद्दत गर्ने बताए । स्थानीयस्तरमा कृषि उत्पादनमा प्रवद्र्धन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न पनि कोल्ड स्टोरले टेवा पु¥याउने गाउँपालिका अध्यक्ष कार्कीले विश्वास व्यक्त गरे ।

कोल्ड स्टोर सञ्चालनमा आएपछि किसानहरू उत्साहित देखिएका छन् । यसअघि बेमौषमसम्मका लागि भण्डारण गर्ने सुविधा नहुँदा उत्पादीत बस्तु सस्तो मुल्यमा बेच्न बाध्य किसानहरुलाई कोल्ड स्टोरको सञ्चालनले भण्डारणमा सहजता ल्याएको छ । भण्डारण गरेर बेमौषममा पनि उत्पादीत बस्तुहरु बेच्न सकिने भएपछि स्थानियस्तरमा उत्पादीत कृषीजन्य उत्पादनहरुले राम्रो बजार र मुल्य पाउने किसानहरुले अपेक्षा लिएका छन ।

maya metro hospital