कञ्चनपुर – कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–११ चौबिससत्तामा ५८ वर्षीय कसी सुनारको मृत्यु भएको हो । शनिवार बेहोस अवस्थामा फेला परेकी उनको उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

महाकाली नदी किनारामा बालुवा चालेर जीविकोपार्जन गर्दै आएकी कसीको उनका श्रीमान्, सौता सहित छोराहरूले नै हत्या गरेको आरोप लागेको छ ।

आरोपित कसीका श्रीमान् गोपाल सुनार, कान्छी श्रीमती मिरा देवी सुनार, छोरा अर्जुन सुनार र करन सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता ९डिएसपी० उमेश जोशीले जानकारी दिए ।
कान्छी श्रीमतीसँग मिलेर श्रीमानले जेठी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएको हो ।

डिएसपी जोशीले कसीको मृत्युको कारण नखुलेको बताए । उनले मृतक कसीको शव पोस्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको बताए ।