खाेज्नुहाेस

धनगढीमा लोक भजन गायन प्रतियोगिता हुने

Image
navjiwan hospital

धनगढी – धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय लोक भजन गायन प्रतियोगिता आयोजना हुने भएको छ। चौतारी कला समाज धनगढीको आयोजनामा चैत ४ गते शिवपुरी धाममा हुने प्रतियोगितामा मौलिक भजनलाई प्राथमिकता दिइनेछ।
प्रतियोगितामा पाँचदेखि १० सदस्यीय समूहले पाँचदेखि १० मिनेटसम्म भजन गाउनुपर्नेछ। चैत १ गतेसम्म टिम दर्ता खुला गरिएको छ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने समूहलाई क्रमशः २० हजार, १५ हजार, १० हजार, र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजना गरिने यस प्रतियोगिताको प्रवर्द्धक पुनर्वास नगरपालिका र नवजीवन सहकारी संस्था लिमिटेड धनगढी रहेका छन्।

add everest academy
attariya hospital