खाेज्नुहाेस

कैलालीमा प्याज, खुर्सानी, माछा लगायतका अवैध सामान बरामद 

Image
सांकेतिक फोटो
अत्तरिया – कैलालीमा प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेका अवैध सामान बरामद गरेको छ ।
attariya hospital
navjiwan hospital
टीकापुर नगरपालिका – ६ नारायणपुर र जोशीपुर गाउँपालिका – १ पिपरकोटीबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका प्याज, सोमपापडी,, चकलेट, खुर्सानी, सिद्रा माछा लगायतका सामानहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
१ लाख ९२ हजार ५ सय बराबरको उक्त सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।