
अत्तरिया – धनगढीको एक फर्निचरमा आगलागी हुँदा ३ लाखको क्षति भएको छ । शुक्रवार बिहान ४ः२० मा धनगढी उपमहानगरपालिका – १२ ‘सी’ गाउँका दान सिंह कुवरको फर्निचरमा बिद्युतको तार सर्ट भई आगलागी हुँदा ३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट टिनले छाएको १ तले १ कोठे फर्निचरमा रहेको काठ, फर्निचर, मेसिन लगायतका सामानहरू जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । आगो स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
















