खाेज्नुहाेस

धनगढीमा फोहरमैला व्यवस्थापन केन्द्रको ६५ प्रतिशत काम सम्पन्न

Image

धनगढी – धनगढी उपमहानगरपालिका वडा नम्बर ७ पटेलामा निर्माणाधीन फोहरमैला व्यवस्थापन केन्द्रको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ। एसियाली विकास बैंक ९ब्म्द्य० को ऋण सहयोगमा निर्माण भइरहेको यस केन्द्रको ठेक्का चीनको सेचुवान प्रोभेन्स जिओलोजिकल इन्जिनियरिङ कम्प्लेक्सले पाएको हो। निर्माण कम्पनीका कन्ट्रयाक्ट म्यानेजर अशोक पाण्डेले तोकिएको समयभन्दा ६ महिना अगावै काम सम्पन्न गर्ने लक्ष्य रहेको बताए।

navjiwan hospital

यो परियोजना धनगढी, गोदावरी, भीमदत्त, र शुक्लाफाँटा नगरपालिकाका लागि स्वीकृत थियो। गोदावरीको केन्द्र निर्माण पूरा भइसकेको छ भने कञ्चनपुरको शुक्लाफाँटामा निर्माण जारी छ। भीमदत्त नगरपालिकामा भने जग्गा टुंगो नलाग्दा निर्माण सुरु हुन सकेको छैन।

attariya hospital

धनगढी केन्द्रका लागि ९७ करोड रुपैयाँ लागतमा ठेक्का भएको थियो। हाल धनगढीमा दैनिक १६(२० टन फोहर उत्पादन हुन्छ, जबकि केन्द्रमा २२ टन फोहर प्रशोधन गर्न सकिनेछ। पहिलो चरणमा कुहिने, नकुहिने, र लेदो फोहर वर्गीकरण गरी अर्गानिक मल उत्पादन गरिनेछ। लेदोबाट प्राप्त पानी शुद्धीकरण गरी नदीमा निकास गरिनेछ।

२०८० चैतमा सरकारबाट जग्गाको भोगाधिकार प्राप्त भएपछि २६०३ रुख कटान गरी २२ हेक्टर क्षेत्रमा निर्माण कार्य अघि बढाइएको हो। स्थानीय बस्तीमा दुर्गन्ध नफैलिने सुनिश्चित गरिएको र नेपालकै नमुना केन्द्र बन्ने दाबी गरिएको छ।