खाेज्नुहाेस

गोदावरी सहित तीन पालिकाबाट अवैध सामान बरामद 

Image
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका सहित धनगढी र पुनर्वासबाट अवैध सामान बरामद गरिएको छ । मंगलबार तीन पालिकाबाट २ लाख ७६ हजार ५ सय बराबरको भारतबाट अवैध रूपमा भित्र्याएको समान बरामद गरिएको हो ।
attariya hospital
navjiwan hospital
धनगढी उपमहानगरपालिका – ३ मिलनचोक, डिके पेट्रोल पम्प नजिक र गोदावरी नगरपालिका – ४ गोदावरीबाट १ लाख ७६ हजार ५ सय बराबरको सुट पिस, साडी, सुर्ती, प्लास्टिक झिल्ली, JCB का विभिन्न पार्टपुर्जा  लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस्तै पुनर्वास नगरपालिका – ९ मोतियाघाटबाट १ लाख बराबरको चिनी, नरिवल, सुर्ती, कुरकुरे, मोटरसाइकल लगायतका सामानहरू बरामद गरिएको छ ।