खाेज्नुहाेस

हेमा श्री फाउन्डेसनद्धारा विद्याथीलाई पोसाक वितरण

Image

अत्तरिया – हेमा श्री फाउन्डेसन नेपालले कैलालीको गौरीगंगा–६, मोयामा रहेको भैरव प्राथमिक विद्यालयमा पोसाक वितरण गरेको छ । फाउन्डेसनले कक्षा २ देखि ५ कक्षामा अध्ययनरत विपन्न तथा जेहेन्दार ६ जना विद्यार्थीलाई पोसाक वितरण गरेको हो । गौरीगंगा नगरपालिका –६ का वडाध्यक्ष टेक बहादुर कुँवरको प्रमुख आतिथ्यतामा भएको पोसाक वितरण कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) को सभापतित्वमा सम्पन्न भएको थियो ।

navjiwan hospital

कार्यक्रममा बोल्दै वडा अध्यक्ष कुँवरले फाउन्डेसनको काम प्रंशसनिय गरेको बताए । फाउन्डेसनका कार्यवाहक अध्यक्ष हेमन्तले परिवारको आर्थिक स्थिति कमजोर भएका विद्यार्थीलाई पठनपाठनमा सहभागी गराउन पोसका वितरण गरिएको बताए । पोसाक पाएपछि विद्यार्थीहरूले खुसी व्यक्त गरेका थिए ।

attariya hospital

पोसाक वितरण कार्यक्रममा वडा सदस्य सियाराम चौधरी, अमर माविका अध्यक्ष दान बहादुर कुँवर, भैरव प्राविका अध्यक्ष चक्र पार्की, दृष्टि ग्रामीण विद्युत सहकारीका अध्यक्ष वीर बहादुर शाह, फाउन्डेसनका सचिव चक्रजित रावल, शिक्षक अभिभावक संघ अध्यक्ष, अभिभावक, शिक्षक र विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो । विद्यालयका प्रधानाध्यापक नवराज उपाध्यायले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन फाउन्डेसनका सदस्य सत्यराज जोशीले गरेका थिए ।