खाेज्नुहाेस

बैतडीमा भरुवा बन्दुक र जङ्गली जनावरको छाला सहित एक जना पक्राउ

Image
file photo
अत्तरिया – बैतडीमा भरुवा बन्दुक र जङ्गली जनावरको छाला सहित एक जना पक्राउ परेका छन् । मंगलबार दोगडाकेदार गाउँपालिका – ८ चौरथली कालागाउका ५१ वर्षीय पाल बिष्ट भरुवा बन्दुक र छाला सहित पक्राउ परेका हुन ।
attariya hospital
navjiwan hospital
अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट खटिएको प्रहरी टोलीले बिष्टको घरमा खानतलासी गर्दा एक थान भरुवा बन्दुक, गोली ७ राउन्ड, घोरलको छाला २ थान र रतुवाको छाला १ थान फेला पारेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
बन्दुक र छाला सहित पक्राउ गरेका बिष्टलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।