खाेज्नुहाेस

कञ्चनपुरमा ८ महिनामा ९ अजिङ्गरको उद्धार

Image

कञ्चनपुर– कञ्चनपुरमा ८ महिनाको अवधीमा ९ अजिङ्गरको उद्धार गरिएको छ । जिल्लामा यो वर्षको साउन महिनायता हालसम्म ९ वटा अजिङ्गरहरुको उद्धार गरि सुरक्षित रुपमा छोडिएको हो ।

navjiwan hospital

कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले जिल्लाका बेलौरी र पुर्नवास क्षेत्रबाट अजिङ्गरहरुको उद्धार गरिएको बताए । उनका अनुसार पछिल्लो ५ वर्षको अवधीमा दुवै क्षेत्रबाट ५६ वटाभन्दा बढी अजिङ्गरहरुको उद्धार गरि सुरक्षित रुपमा प्राकृतिक बासस्थानमा छोडिएको छ ।

attariya hospital

उद्धार गरिएका अजिङ्गरको लम्बाइ तीन मिटरदेखि पाँच मिटरसम्म र तौल ३० किलोग्रामदेखि ६० किलोग्रामसम्म रहने गरेको छ । उत्तरमा लालझाडी वन क्षेत्र, दक्षिणमा भारतीय दुधवा नेशनल पार्क, पश्चिममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्र भएकाले बेलौरी र पुनर्वासमा बढी अजिङ्गर फेला पर्ने गरेका उनले बताए ।

पछिल्लो केही समय यता कञ्चनपुरमा अजिङ्गरको संख्या बड्दै गईरहेको छ । सिमसार क्षेत्र संरक्षण हुन थालेपछि अजिङ्गरको संख्या बढ्न थालेको बताईन्छ । अन्य क्षेत्रका वन, नदी खोला, तालतलैया नजिकका बस्तीमा पनि अजिङ्गर देखापर्ने गरेका स्थानीय बताउँछन् ।