खाेज्नुहाेस

कैलाली कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद 

Image
file photo
अत्तरिया – कैलाली कञ्चनपुरबाट प्रहरीले भन्सार छलीको सामान बरामद गरेको छ । सोमबार प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको ५ लाख बढीको अवैध सामान बरामद गरेको हो ।
attariya hospital
navjiwan hospital
धनगढी उपमहानगरपालिका – २ ट्राफिक चौराहा, धनगढी उपमहानगरपालिका – ४ मल्ल पेट्रोल पम्प नजिक, धनगढी उपमहानगरपालिका – १९ लल्लीपुर घाट, भजनी नगरपालिका – ३ मोहनपुर र भजनी नगरपालिका – ६ ढुसीबाट ४ लाख ३९ हजार १७० रुपैयाँ बराबरको प्याज, चिनी, मिस्री, पेय पदार्थ, मिठाई, मटर, बिडी, सुर्ती, पानी पुरी, प्लास्टिक झिल्ली,  सिद्रा माछा, मोटरसाइकल लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस्तै बेलौरी नगरपालिका – ६ भुराकोटबाट ९६ हजार बराबरको सुर्ती, भुजा, मोटरसाइकल लगायतका सामानहरू बरामद गरिएको छ ।