बैतडी – बैतडीमा बाघले एकै किसानका ६ वटा बाख्रा मारेको छ । आइतबार राती पाटन नगरपालिका–२ सिन्टोल्कामा बाघले शंकर सिहं महराका ६ वटा बाख्रा मारेको हो ।

खोर भित्रै पसेर बाघले ६ वटा बाख्रा मारेर लगेको किसान महराले बताएका छन् । ५ वटा बाख्रा घर नजिकैको खोलामा मरेको अवस्थामा भेटिएका र एक बाख्रो नभेटिएको महराले बताएका छन् ।

पक्षिल्लो समयमा पाटन नगरपालिकाका विभिन्न स्थानमा लगातार बाघ देखिन थालेपछि त्रास बढेको स्थानीयहरुले बताएका छन् ।















