खाेज्नुहाेस

कैलालीमा २ जना मृत भेटिए

Image
सांकेतिक फोटो

धनगढी – कैलालीमा २ जना मृत भेटिएका छन् । धनगढी उपमहानगरपालिका–९ मा रहेको शैलेश्वोरी सामुदायिक वनमा २ जना मृत भेटिएका हुन ।

navjiwan hospital

मृत भेटिनेमा धनगढी उपमहानगरपालिका–१० का ५० वर्षीय देवल चौधरी र सोही ठाउँका ५१ वर्षीय कैदा राना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital

प्रहरीका अनुसार चौधरी रुखमा झुन्डिएको अवस्थामा र राना भुईँमा पल्टिएको अवस्थामा मृत फेला परेका थिए । घटनास्थल नजिक दुई वटा साइकल पनि भेटिएको र, घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।