खाेज्नुहाेस

कैलालीमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन, २२ सवारी साधन नियन्त्रणमा

Image

टीकापुर – कर्णाली नदी किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका २२ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल नेतृत्वको टोलीद्वारा गरिएको अनुगमनका क्रममा १७ ट्याक्टर र ५ टिप्पर पक्राउ परेका हुन्।

navjiwan hospital

इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नवीनराजा बुढाथोकीका अनुसार, जानकी गाउँपालिकाले स्वीकृति नदिएको क्षेत्रमा उत्खनन भइरहेको भेटिएपछि सवारी साधन नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका गाडीहरू आवश्यक कारबाहीका लागि गाउँपालिकालाई बुझाइनेछ।

attariya hospital

निर्माण व्यवसायीहरूले भने प्रशासनले अनावश्यक अवरोध पुर्याएको आरोप लगाएका छन्। जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले अनुगमनबारे पालिकालाई कुनै जानकारी नदिइएको बताएका छन्। नियन्त्रणमा लिइएका सवारी साधनहरू टीकापुरको खुला मञ्चमा राखिएको छ।