खाेज्नुहाेस

बैतडीमा लामो समयपछि वर्षासँगै हिमपात, कृषक खुसी

Image
file photo

बैतडी – बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा बिहीवार साँझदेखि हिमपातसँगै पानी परेपछि कृषक खुसी भएका छन । लामो समयपछि हिमपात र पानी परेपछि बैतडीका कृषकहरुमा खुशी छाएको हो ।

navjiwan hospital

बैतडीका कृषकहरुको मुख्य हिउँदे बाली गहुँ पानी नपरेका कारण हुर्कन सकेको थिएन । अब पानी परेपछि अन्न, फलफूल, जडिबुटी लगायतका खाद्यान्न फस्टाउने मेलौली नगारपालिका–२ का कृषक देवदत्त भट्टले बताए ।

attariya hospital

हिमपातसँगैको पानीले कृषक र माटोलाई ठूलो फाइदा पु¥याउने र माटोलाई आवश्यक चिस्यान कायम राख्दै उर्वराशक्ति बढाउने दशरथचन्द नगरपालिकाका कृषि प्राविधिक दीपक कार्कीले बताए ।

हिउँ पग्लिएपछि माटोमा नाइट्रोजन मिसिने भएकाले बालीलाई आवश्यक पोषण दिन मद्दत पुग्ने र यसले रोग र कीरा नियन्त्रणमा पनि सहयोग पु-याउने उनले बताए । पानी र हिउँ परेपछि अब स्याउ, ओखर, गहुँ, जौ, तोरीलगायतका बाली र फलफूल खेतीमा उत्पादन राम्रो हुने बताईएको छ ।