खाेज्नुहाेस

कैलाली कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद 

Image
file photo
अत्तरिया – कैलाली कञ्चनपुरबाट प्रहरीले भन्सार छलीको सामान बरामद गरेको छ । बिहीबार कैलालीको धनगढी, कैलारी र कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट प्रहरीले भारतबाट भन्सार छली ल्याएको अवैध सामान बरामद गरेको हो ।
attariya hospital
navjiwan hospital
धनगढी उपमहानगरपालिका – ७ मनेहरा, धनगढी उपमहानगरपालिका – ३ शिशा पोष्ट, कैलारी गाउँपालिका – ३ खोनपुर, कैलारी गाउँपालिका – ३ शिवरत्नपुरबाट २ लाख ६५ हजार ९ सय बराबरको बिडी, सुर्ती, गुड्खा, मेसिन, आइरन, चप्पल, स्याम्पु, बच्चाको खेलौना, बच्चाको टोपी, लेहेंगा लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस्तै भीमदत्त नगरपालिका – १६ बडवाल टोलबाट ३४ हजार बराबरको बच्चाको खेलौना तथा किराना सामानहरू बरामद गरिएको छ ।