
अत्तरिया – कैलालीबाट प्रहरीले वन मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । कैलाली जिल्ला अदालतबाट वन मुद्दामा ६८ हजार जरिवाना तोकिएर फरार रहेका भजनी नगरपालिका – ४ का ३२ वर्षीय प्रबिन चौधरी पक्राउ परेका हुन ।

उनलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ ।















